राप्ती समाज जापान द्वारा तेक्वान्दो बाट स्वर्ण पदक बीजेता लाई सम्मान

4th COnvention of Rapti society japan

टोकियो/जापान । जापानमा बसोवास गर्ने, राप्तीका नेपालीहरुको साझा संस्था राप्ती समाज जापानकोआईतबार चौंथो अधिवेशन सम्पन्न भएको छ।

सन २०१३ मा गठन भएको समाज,जापानमा  सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको छ।आईतबार टोकिकोको सोलमारी हलमा सम्पन्न चौथो अधिवेशनले आगामी कार्यकालको लागि चयन नयाँ कार्यसमिति समेत चयन गरेको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा पञ्चबीर चौधरी,वरिष्ट उपाध्यक्षमा प्रकाश ओली,उपाध्यक्षहरुमा -केशब भण्डारी,कमल सोनी र युबक शाही चयन भएका छन् । यसैगरी संस्थाको महासचिवमा सुन्दर अधिकारी,सचिवमा सुगम बस्याल,सह-सचिवमा – मनोज केसी, कोषाध्यक्षमा सुरेश पोख्रेल,सह- कोषाध्यक्षमा किरण जि एम र प्रबिन शर्मा,प्रवक्तामा – हरिभक्त ओली तयन भएका छन् ।

त्यसैगरि कार्यसमिति सदस्यहरुमा चन्द्र घर्तिमगर, सुन्दर शाह,निरज ओली,यमलाल पन्थी,सुरेश शर्मा,राजु भुसाल,भरत डागी,सुनिता शाही,हस्तलाल पुन,देव मगर ,शिव राज बिक,सरला पोख्रेल रेग्मी र प्रतिमा गौतम रहेकी छन् ।

अधिवेशनले यस सस्थाका संरक्षक तथा सस्थापकहरुमा बिशेस्वर रेग्मी,युबराज रेग्मी र मनराज बिस्वकर्माको नाम सार्वजनिक गरेको छ। संस्थाले सल्लाहकार समितिमा शिव राज भट्टराई,कमल बाठा,प्रेम प्रकाश रोक्का मगर,सरद पोख्रेल र आयूश्मा पुनलाई चयन गरेको छ ।

Contact

Tokyo, Japan

Subscribe to get the latest updates and news