मनोज मौसम के सी को तिमी बाहेक सार्वजनिक
२०२४/११/ २४ गते राप्ती दाङ निवासी मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ। एक कार्यक्रमका बीच उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। म्युजिक भिडियोमा मनोज मौसम केसी,नेहा ठकुरी, सुदीप श्रेष्ठ,एनपी गैरे, गंगा महतारा लगायतको अभिनय रहेको छ। मिन थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन अनिल कुमार निर्दोषले गरेका छन्। टोकियोका बिभिन्न क्षेत्रलाई म्युजिक भिडियोमा कैद गरिएको छ। म्युजिक भिडियोलाई प्रवासी नेपाली अनलाइन टिभीको (PNO)युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
