लिनु पर्थ्यो निर्णय समय अनि बेला हेरेर
पछुताउन पर्ने थिएन नि यो झमेला हेरेर
पीडा भयो ज्योतिषीलाई भाग्य देखाए
के बताउथे उनी मन दुखेको हत्केला हेरेर
सिक्नेको के दोष सिकाउने उस्तै भएपछि
गुरु माथि नै शंका उत्पन्न भयो चेला हेरेर
परिश्रम गर्दैछ कार्यलयको हाकिम हो ऊ
मूल्याङ्कन नगर्नुहोस् हातका ठेला हेरेर
सरकार साझा हो तैपनि यती गर्छ भेदभाब
चुनावमा आफुतिर मत देला कि नदेला हेरेर