3rd Convention

3rd COnvention of Rapti society japan

राप्ती समाज जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चवीर चौधरीलाई महासचिव चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

राप्ती समाज जापानका संरक्षक विशेश्वर रेगामीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको उक्त अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु आयुष्मा पुन मगर, कमल सोनी, शिवराज भट्टराई, महासचिव पञ्चवीर चौधरी, सचिव हरिभक्त ओली, सहसचिव विश्वप्रताप बुढा मगर, कोषाध्यक्ष युवक शाही, सहकोषाध्यक्ष सुरेश पोख्रेल, प्रवक्ता सुगम बस्याल, आरएनजीमा कमल बाँठा मगर र सदस्यहरुमा किरण घर्तीमगर, गोपाल खड्का , सवित्री श्रेष्ठ, शंकर केसी, जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ, शिवराज बिक, सुन्दर शाह, सुन्दर अधिकारी, नवीन खत्रीलाई चयन गरेको छ भने चार सदस्य पछि मनोनित हुने जनाइएको छ ।

यसैगरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारमा ताराप्रकाश बुढा मगर, रवि पुन, शरद पोख्रेल, राजन केसी, बिष्णु पौडेल, धनवीर सोनी, केशव भण्डारी, पदमप्रसाद भट्टराईलाई चयन गरेको छ भने निवर्तमान अध्यक्ष युवराज रेग्मीलाई संरक्षकको जिम्मा दिइएको छ ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गर्दै कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने केही परिमार्जनसहित विधानलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।

अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भइ राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ । निवर्तमान महासचिव प्रकाश ओलीले कार्यक्रम संचालन गरका थिए ।

Contact

Tokyo, Japan

Subscribe to get the latest updates and news