Rapti Japan Society

 



राप्ती समाज जापानको आयोजनामा “राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम सम्पन्न

“राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम

“राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम सम्पन्न

राप्ती समाज जापानको आयोजनामा “राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान-प्रदान सहित राप्ती क्षेत्रबाट जापानमा क्रियाशील साहित्यकार तथा कलाकारहरूको विशेष प्रस्तुतिका बिच आईतवार टोकियोमा कार्यक्रम सम्पन्न भएको थियो ।

“राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम “राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम

कार्यक्रममा साहित्यतर्फ कवि शरद पोख्रेल तथा गजलकार मनोज मौसम केसीले ३ चरणमा ६/६ वटा कविता र गजल वाचन गर्नुभएको थियो भने गायन तथा नृत्यतर्फ सोना केसी,पिताम्बर जिसी, बिमल पुनमगर तथा जानकी घर्तीमगरको प्रस्तुति रहेको थियो । टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा निःशुल्क प्रवेशको ब्यवस्था सहित आयोजित कार्यक्रममा झन्डै एक सय हाराहारी उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले प्रवाशमा रहेर पनि आफ्नो भाषा, साहित्य ,कला र संस्कृती जगेर्नाको खातिर यस्ता कार्यक्रम हुनाले संसारका हरेक कुनामा हाम्रो राष्ट्र र राष्ट्रियता सधैं उच्च रहने कुरा उल्लेख गर्नुभएको थियो । त्यस्तै अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष रविन शर्मा तथा राप्ती समाज जापानका संस्थापक अध्यक्ष विशेश्वर रेग्मीले संसारका हरेक कुनामा रहेका नेपालीले आफ्नो भाषा, भेषभुषा र संस्कृतीको जगेर्ना गर्न कन्जुस्याइँ गर्ननहुने बताउदै रचना वाचन समेत गर्नुभएको थियो । कार्यक्रम समाजका सचिव एन.पी. गैरेको संचालन, उपाध्यक्ष केशब भण्डारीको स्वागत तथा अध्यक्ष पन्चबिर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

“राप्ती साहित्यिक तथा सांस्कृतिक”कार्यक्रम


Facebook


Instagram

Contact

Tokyo, Japan

Explore

Subscribe to get the latest updates and news

© Copyright 2024 by Rapti Society Japan

 

Made with love by Media Mitra Technologies